चट्याङ र असिना पानीका कारण चार जनाकाे ज्यान गयाे
काठमाण्डाै – चट्याङ, असिना पानीका कारण म्याग्दी र अर्घाखाँचीमा चार जनाको ज्यान गएको छ ।
शनिबार राति चट्याङ लागेर घाइते हुनुभएका म्याग्दीकाे अन्नपूर्ण गाउँपालिका ६ खिवाङका रविन पुन र यमकुमारी गर्बुजाकाे उपचारको क्रममा आइतबार बिहान ज्यान गएको प्रहरीले जनाएको छ ।
अर्घाखाँचीको शितगङ्गा नगरपालिका १२ का १० वर्षीय विकास नेपालीको असिनाले लागेर ज्यान गएको छ । शनिबार दिउँसो घरबाट हिँड्नुभएका नेपालीको कुडुले जङ्गलमा शव भेटिएको हाे । असिनाले लागेर उहाँकाे ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
यस्तै अर्घाखाँचीकै भूमिकास्थान नगरपालिका ९ का सालिकबहादुर बलालको पातले खोलाले बगाएर ज्यान गएको प्रहरीले जनाएको छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


