बार परिसरमा कानुन व्यवसायीलाई धम्काउने दुईजना पक्राउ
काठमाडौं : प्रहरीले नेपाल बार एशोसिएशनको कार्यालय परिसरमा कानुन व्यवसायीलाई गाली गर्ने दुई जना पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बिहीबार राति बौद्धबाट तीर्थ ढकाल र सिताराम श्रेष्ठलाई पक्राउ गरेको हो।
श्रेष्ठ र ढकालले बिहीबार कानुन व्यवयसायीहरुलाई दुर्व्यवहार गर्दै गालीगलौजमा उत्रिएका थिए। दुई पक्षबीच विवाद बढ्दै गएपछि ती दुई जनालाई प्रहरीले बार परिसरबाट बाहिर निकालेको थियो। ढकाल काठमाडौं महानगरपालिका– ६ बौद्ध र श्रेष्ठ कागेश्वरी मनहरा नगरपालिका–६ मूलपानीका रहेको काठमाडौं प्रहरी प्रवक्ता एसपी रमेश बस्नेतले जानकारी दिए।
उनीहरुबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
यसैगरी कानुन व्यवसायीहरुलाई धम्की दिने थप दुई जना फरार रहेको र उनीहरुको खोजी जारी रहेको प्रवक्ता एसपी बस्नेतले बताए।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam