कपिलवस्तुमा शनिवार माओवादीको दश पालिकामा नगर सम्मेलन हुँदै
नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यक्रम अन्तर्गत शनिवार देशभरका स्थानीय तहमा सम्मेलनको तयारी रहेको छ । कपिलवस्तुका दश वटै स्थानीय तहमा नगर सम्मेलनको तयारी पुरा भएको जिल्ला संयोजक विष्णु शाहले बताउनुभयो । जिल्लाका सबै वडा वाट छानिएका प्रतिनिधिहरू सम्मेलनमा सहभागी हुने उहाँले बताउनुभयो । शिवराज नगर कमिटीले सम्मेलनको तयारी पुरा गरेको छ ।
शिवराज नगरपालिका वडा ३ सुपा देउराली रिसोर्टमा हुने सम्मेलन वाट नयाँ नेतृत्व चयन हुने नगर अध्यक्ष दिनेश पुनले बताउनुभयो । सम्मेलनलाई सव्य भव्य बनाउन सबैको सहयोग रहने बताउँदै पार्टीलाई गतिशील बनाउन सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । सबै वडाका झन्डै ५ सय नेता कार्यक्रता सहभागी हुने अध्यक्ष पुनले बताउनुभयो ।
यस्तै बुद्धभुमि नगर कमिटीले पनि सम्मेलनको तयारी पुरा गरेको छ । नगर कमिटी सचिव रावेन्द्र कुमार ठाकुरका अनुसार सम्मेलनलाई व्यवस्थित बनाउन केही दिन अघि देखि नै तयारी गरिरहेको बताउनुभयो । ४ सय बढी कार्यक्रता सहभागि गराउने तयारी भइरहेको ठाकुरले बताउनुभयो । अन्य पालिकाका कमिटीहरूले पनि सम्मेलनको तयारी गरिरहेका छन् ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam