नेपाली कांग्रेस : आज महामन्त्रीकाे मत गणना हुने
काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज महामन्त्रीको मतगणना हुने भएको छ। बिहान ८ बजेदेखि महामन्त्रीको मतगणना हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। दुई सिटका लागि महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा छ।
सभापति शेरबहादुर देउवा समूहबाट डाक्टर प्रकाशशरण महत र प्रदीप पौडेल छन् भने डा शेखर कोइराला समूहबाट गगन थापा र डा मिनेन्द्र रिजाल मैदानमा छन्।
प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि समूहबाट डा राजाराम कार्की पनि महामन्त्रीको होडमा छन्। कांग्रेसको सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा पूर्णबहादुर खड्का तथा धनराज गुरुङ निर्वाचित भइसकेका छन्।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam