यी हुन् पुस १३ देखि फाइजर खोपको पहिलो मात्रा लगाइने ८ जिल्ला
काठमाडौं : सरकारले २० वटा जिल्लामा कोरोनाविरुद्ध फाइजर खोप लगाउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बागमती प्रदेशको काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चाेक, चितवन, सिन्धुली र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा र कर्णाली प्रदेशको सुर्खेत जिल्लामा पुस १३ गतेदेखि २२ गतेसम्म फाइजर खोपको पहिलो मात्रा लगाइने भएको छ।
यसको दोस्रो डोज माघ ४ गतेदेखि १३ गतेसम्म लगाउने मन्त्रालयले जनाएको छ। यस्तै प्रदेश १ को झापा, मोरङ र सुनसरी प्रदेश २ को सप्तरी, धनुषा र पर्सा गण्डकी प्रदेशको कास्की र बागलुङ लुम्बिनी प्रदेशको रूपन्देही, बाँके, दाङ र सुदूरपश्चिम प्रदेशको कैलालीमा भने खोप लगाउने मिति छिट्टै तोक्ने बताएको छ। १२ वर्ष माथिका दीर्घरोगीले सरकारले तोकेको खोप केन्द्रमा गएर खोप लगाउन सकिने बताइएको छ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam