त्रिभुवन विश्वविद्यालयको ४७औँ दीक्षान्त समारोह आज
काठमाण्डाै – त्रिभुवन विश्वविद्यालयले आज ४७ औँ दीक्षान्त समारोह मनाउँदै छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा हुने समारोहमा प्रधानमन्त्री एवम् कुलपति शेरबहादुर देउवाले अध्यक्षता गर्नु हुनेछ ।
दीक्षान्त समारोहमा यसपालि एमफिल र पीएचडी उत्तीर्ण विद्यार्थी सहभागी हुनेछन् । २०७७ साल असार १ गतेदेखि २०७८ साल जेठ ३१ गतेसम्म सेमेस्टर तथा वार्षिक परीक्षा प्रणालीअनुसार ट्रान्सक्रिप्ट लिइसकेका विद्यार्थी आज दीक्षित हुने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।
स्नातक तहका विद्यार्थीलाई भने परीक्षा नियन्त्रण कार्यालयबाट प्रमाणपत्र मात्रै उपलब्ध गराइनेछ । उनीहरुले चाहेमा गाउन तथा स्कार्फ भने उपलब्ध गराइने परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताउनुभयो ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam