न्याय सेवा आयोगको बैठक आज बस्दै : बैठकमा नजान आयोगका सदस्यलाई बारको आग्रह
काठमाण्डाै – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्याय सेवा आयोगको बैठक बोलाउनुभएको छ । आयोगको बैठक आज दिउँसो तीन बजेका लागि बोलाइएको छ ।
बैठकले जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशन गर्ने न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभयो । आयोगमा प्रधानन्यायाधीश अध्यक्ष रहने व्यवस्था छ भने सदस्यमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश, महान्यायाधिवक्ता र लोकसेवा आयोगका अध्यक्ष रहने कानुनी व्यवस्था रहेको छ ।
तर नेपाल बारले आयोगका सदस्यलाई बैठकमा सामेल भएर प्रधानन्यायाधीश जबरालाई वैधता नदिन अनुरोध गरेको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरुको आन्दोलनको भावना बुझ्न र बैठकमा अनुपस्थित भएर सहयोग गर्न आग्रह गर्नुभएको हो ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam