पिपरा प्रहरीले समात्यो करिब ३६ लाख नगदसहित लागु औषध कारोबारी, १६ थान मोबाइल पनि बरामद
चारनम्बर ।
इलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तुले मोटो रकमसहित लागु औषध कारोबारीमा संलग्न भएको आसंकामा एक जनालाई पक्राउ गर्न सफल भएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ९ हर्नामपुरबाट बर्ष ३९ का चेतन खटिकलाई प्रहरीले पक्राऊ गर्न सफल भएको हो ।
ठुलो मात्रामा लागू औषध प्रयोग र बेचबिखन गर्ने सुचनाको आधारमा शुक्रबार राति मध्यरातको १२ बजे खानतलासी गर्ने क्रममा प्रहरी निरिक्षक दिनेश गुरुङको कमाण्डमा रहेको टोलीले बाकस र दराजभित्र लुकाएर राखेको अवस्थामा ३५ लाख ८६ हजार ४ सय ५४ नगद रुपैया , बिभिन्न कम्पनीका १६ थान मोबाइल र लागू औषध सेवन गर्दा प्रयोग गरिने सामग्री बरामद गरेको हो ।
बरामद भएकोमध्ये ३२ लाख ८६ हजार १ सय ९० नेपाली र भारतीय १ लाख ६७ हजार ४० रुपैयाँ रहेको छ । बाणगंगामा यतिका नगदसहित पक्राऊ परेको यो पहिलो घटना हो । कारोबारीको साथबाट लागु औषध भने पक्राऊ हुन सकेन । अब खटिकमाथि थप अनुसन्धान हुने र पैसाको श्रोत नखुले राजस्वमा पठाइने गुरुङको बताउनु भयो । उनी यस अघि पनि लागू औषधसहित ५ बर्ष जेल सजाय भुक्तान गरिसकेका छन् ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam