प्रधानमन्त्री कप क्रिकेटको फाइनल आज
काठमाडौं : प्रधानमन्त्री (पीएम) कप टी–ट्वान्टी क्रिकेटको फाइनल आज हुँदै छ। त्रिवि क्रिकेट मैदानमा हुने फाइनलमा दुई विभागीय टोली नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्ने छन्। फाइनल बिहान १० बजे सुरु हुनेछ।
एपीएफ र पुलिस दुबै टिम उपाधि जित्ने योजनासहित मैदान उत्रने छन्। एपीएफले दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराएर पुलिससँगको भेट पक्का गरेको हो। एपीएफले साविक विजेता समेत रहेको आर्मीलाई हिजो ४७ रनले हराएको थियो।
यस्तै पुलिसले बागमती प्रदेशलाई हराएको थियो। फाइनल पुग्ने क्रममा पुलिसले बागमतीलाई ५० रनले पराजित गरेको हो।
यस अघि एकदिवसीय फर्म्याटमा हुँदै आएको प्रतियोगिता यस पटक भने टी–ट्वान्टी फर्म्याटमा भएको हो। प्रतियोगिताको विजेताले पाँच लाख र उप(विजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन्।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam