भू-माफियाले व्यक्तिकाे नाममा पारेकाे मस्जिदकाे जग्गा सरकारकाे नाममा ल्याउन माग
काठमाण्डाै – काठमाण्डौको सुन्धारामा रहेकाे मदनी मस्जिद रहेको सरकारी जग्गा व्यक्तिको नाममा गरिएको भन्दै मुस्लिम समुदायका अगुवाहरुले त्याे जग्गा सरकारको नाममा ल्याउन माग गरेका छन् ।
बिहिवार मुस्लिम आयोग, विभिन्न राजनीतिक दलका मुस्लिम समुदायसँग सम्बन्धित भातृ संगठनका प्रमुख तथा प्रतिनिधिहरुले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठलाई भेट गरी सुन्धाराको मदनी मस्जिद रहेको जग्गा सरकारको नाममा ल्याउन माग गरेका हुन् । त्याे सरकारी जग्गा मुस्लिम समुदायले लामो समयदेखि भोगचलन गर्दै आएको भए पनि पछिल्लो समय भू-माफियाहरुले व्यक्तिको नाममा पारी जग्गा हडपेको सरोकारवालाले बताएका छन् ।
मन्त्री श्रेष्ठलाई त्याे जग्गा मस्जिद कायम रहनेगरी सरकारको नाममा ल्याउन अनुरोध गरिएको र उहाँले सो जग्गा सरकारको नाममा फिर्ता आउने तथा मस्जिद कायम रहने आश्वासन दिनुभएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताउनुभयो ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam