लघुबित्तिय संस्था विरुद्ध नगरपालिका मार्फत अर्थमन्त्रालयलाई ज्ञापन पत्र
कपिलवस्तु -लघुबित्तिय संस्था विरुद्ध संघर्ष समितिले शिवराज नगरपालिका मार्फत अर्थमन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ । समितिका संयोजक मनिराम ज्ञावलीको हस्ताक्षरमा रहेको पत्रमा ५ बुदे माग गरिएको छ ।
लघुबित्तिय संस्थाहरुले दुर्गम गाउँबस्तीमा अनउत्पादीत ठाउँमा चक्रवृति व्याजमा नागरिकहरुलाई झनै समस्या परेको बताइएको छ ।
ज्ञापन पत्रमा नवसामन्तीको रुपमा स्थापित लघुवित्तिय संस्थाहरु खारेज गर्नुपर्ने, लघुवित्तिय संस्थाहरुद्धारा लगाइएको सामुहिक ऋण मिनाह गर्नुपर्ने,आम गरिव किसानहरुलाई निशुल्क ऋण प्रदान गर्नुपर्ने, आवश्यकता र क्षमताको आधारित काम र दामको व्यवस्था गर्नुपर्ने र समाजवादी अर्थतन्त्र विकास गर्नुपर्ने माग रहेको छ ।
ज्ञापन पत्र बुझ्दै नगरप्रमुख नेत्रराज अधिकारीले ज्ञापन पत्रलाई सम्वन्धित कार्यालयमा पठाउने प्रतिवद्धता गर्नुभयो ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam