बर्दियामा बाघको आक्रमणबाट एक जनाको ज्यान गयाे
बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्ज नजिकै पाटे बाघको आक्रमणबाट एक महिलाको ज्यान गएकाे छ । ठाकुरबाबा नगरपालिका ४ सैनवार गाउँकी ४१ वर्षीया लिलि थारुकाे पाटे बाघकाे आक्रमणबाट हिजो बेलुका ज्यान गएकाे मध्यवर्ती क्षेत्र अन्तर्गत बबई उपभोक्ता समितिका अध्यक्ष चक्रप्रसाद खनालले जानकारी दिनुभयो ।
निकुञ्जसँग सीमा जाेडिएकाे आफ्नाे घर नजिक बंगुरलाई चाराे दिन लाग्दा बाघले आक्रमण गरेकाे प्रारम्भिक अनुमान छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । बाघले आक्रमण गरे लगत्तै महिला चिच्याएपछि स्थानीयले हाेहल्ला गर्दा बाघले छाडेर गएकाे र उपचारका लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएकाे प्रहरीले जनाएको छ ।
मृतककाे आधा खुट्टा, हात खाएकाे र क्षत विक्षत अवस्थामा शव फेला परेकाे जनाइएको छ । मृतक थारुकाे शव राति नै पाेस्टमार्टमका लागि गुलरिया लगिएकाे प्रहरीले जनाएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam