फिफाद्वारा रुसलाई प्रतिबन्ध : यूईएफएमा पनि रुस निलम्बित
काठमाण्डाै – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले रुसलाई प्रतिबन्ध लगाएको छ । त्यस्तै युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले पनि रुसलाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गरेको जनाएको छ।
रुसले युक्रेनमा आक्रमण गरेपछि फिफा र यूईएफएले रुसलाई सबै खालका प्रतियोगिताबाट निलम्बन गरेका हुन् । फिफाको निलम्बन सँगै रुसले मार्च २९ मा पोल्यान्डसँग हुने विश्व कप छनोट अन्तर्गत प्ले अफ खेल खेल्न नपाउने भएको छ।
यूईएफएले यसअघि नै रुसमा हुने भनिएको च्याम्पियन्स लिगको फाइनल पेरिसमा सारिसकेको छ ।
तस्बिर : गेटी इमेजेज
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam