एमाले प्रवेश गर्नेहरूले पछुताउनुपर्ने अवस्था आउँदैन : अध्यक्ष ओली
काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले किन प्रवेश गरिएछ भनेर पछुताउनुपर्ने अवस्था हुन नदिने प्रतिबद्धता जनाउनुभएकाे छ । आज मङ्गलवार पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धरलगायतलाई पार्टी प्रवेश गराउँदै उहाँले यस्ताे प्रतिबद्धता जनाउनुभएकाे हाे ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा सिङ्गो देशको हित गर्ने एमालेमा प्रवेश गरेकाले उनीहरूकाे हित नहुने भन्ने हुनै नसक्ने अध्यक्ष ओलीकाे तर्क थियाे । उहाँले भन्नुभयो, ‘म सबै साथीहरूलाई ढुक्क हुन आग्रह गर्दछु । आफ्नो राजनीतिक भविष्य के हुन्छ भन्ने होइन । देशकै राजनीतिक भविष्य सुदृढ हुन्छ भने, देशको सीमा सुरक्षा हुन्छ भने, देशको सार्वभौमसत्ता सुरक्षा हुन्छ भने, स्वाधीनता र स्वतन्त्रता सुरक्षित हुन्छ भने, राष्ट्रिय हितको सुरक्षा हुन्छ भने नेपालको लोकतन्त्रको सुरक्षा हुन्छ भने यस्तो स्थितिमा हाम्रा हित सुरक्षित नहुने भन्ने हुँदैन । सिङ्गै देश सुरक्षित हुन्छ । कसैले पनि किन एमालेमा प्रवेश गरिएछ भन्ने हुँदैन ।’
समाजवादी जनता पार्टी नै एमालेमा समाहित गर्नुभएका पूर्वमन्त्री प्रेमबहादुर सिंहले केपी ओलीजस्तो दुरदृष्टि नेताको नेतृत्वमा देश निर्माणमा समाहित हुन एमाले प्रवेश गर्नुपरेको बताउनुभयो । त्यस अवसरमा उहाँले आफ्नो पार्टी र आफ्नो प्रवेशले एमालेलाई झनै सुदृढ बनाउन सहयोग पुग्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।
यस्तै अभिनेत्री करिश्मा मानन्धरले केपी ओलीको देश र जनताप्रतिको प्रतिबद्धता र त्यसका लागि आवश्यक क्षमता र कौशलताका कारण आफू एमाले प्रवेश गरेको बताउनुभयो । उहाँले कुनै पद भन्दा पनि एमालेमा रहेर देशको हितमा काम गर्ने चाहना आफूमा रहेको पनि बताउनुभयो ।
अभिनेत्री मानन्धरले एमालेको गुणगान गाउनेहरू देशभर रहेकाले पनि आफूलाई यस पार्टीमा प्रवेश गर्न प्रेरित गरेको धारणा राख्नुभयाे ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam