भोजपुरका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने सत्ता गठबन्धनको निर्णय
भोजपुर : स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनमा अवद्ध राजनीतिक दलहरूले भोजपुरका सबै स्थानीय तहमा तालमेल गर्ने निर्णय गरेका छन्।
शनिवार भोजपुरमा बसेको नेपाली कांग्रेस‚ नेकपा (माओवादी केन्द्र)‚ जनता समाजवादी पार्टी‚ नेकपा (एकीकृत समाजवादी)को बैठकले केन्द्रको निर्णयबमोजिम जिल्ला समन्वय समिति‚ नौ स्थानीय तह र ८१ वटैमा वडामा तालमेल गर्ने निर्णय गरेको हो।
बैठकमा कांग्रेसका केन्द्रीय सदस्य उमेशजङ रायमाझी, कांग्रेस भोजपुर सभापति विनोद बान्तावा, माओवादी केन्द्रका केन्द्रीय सदस्य अजम्बर काङमाङ राई र सुदन किराँती, एकिकृत समाजवादीका केन्द्रीय सदस्य रमेश शाक्य र भोजपुर अध्यक्ष वीरजंग राई उपस्थिति थिए। त्यस्तै‚ जनता समाजवादीका केन्द्रीय सदस्य रामसिङ राई, भोजपुरका अध्यक्ष आशकुमार राई बैठकमा सहभागी थिए।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam