शिवराजको मेयरमा थापा र उपमेयरमा थारु निर्वाचित
कपिलवस्तुको शिवराज नगरपालिकाको मेयरमा राप्रपाका अजय थापा र उप मेयरमा एमालेकी शिवकुमारी थारु निर्वाचित भएका छन । शिवराज नगरपालिका मेयरमा ७६०२ मत सहित अजय थापा र उप मेयरमा ७९५५ मत सहित शिव कुमारी चौधरी निर्वाचित हुनु भएको हो ।
११ वडा रहेको शिवराजमा सुरुवात देखि अग्रता बढाउँदै गएका थापा विहीबार अन्तिम मतपरिणाम आउँदासम्म अग्रस्थानमै रहे । युवा नेता समेत रहेका थापाले मेयर जित्दा एमालेका महादेव पोख्रेल पराजित भएका छन् ।
गएको निर्वाचनमा शिवराजको मेयर र उपमेयर एमालेले जितेको थियो ।
०७४ सालको स्थानीय तहको निर्वाचन थापा स्वयम राप्रपाबाट उम्मेद्वार थिए । मेयरमा पराजित थापा मंसीरमा सम्पन्न संघीय र प्रदेशको चुनावमा नेपाली कांग्रेस प्रवेश गर्दै प्रदेशसभामा चुनाव लडेका थिए । त्यहाँ पनि पराजित भएका थापा मनोनयन दर्ताको अघिल्लो दिनसम्म कांग्रेसमा सक्रिय थिए ।
पार्टीले मेयरमा टिकट नदिए पछि पार्टीबाट विद्रोह गर्दै राप्रपा लागेका थापा अन्ततः मेयरमा निर्वाचित भए । शिवराजमा कांग्रेसका मेयरका उम्मेद्वार हुमकान्त खनाल तेस्रो स्थानमा सिमित रहे ।
नगरको उपमेयरमा भने शिवकुमारी थारु निर्वाचित भएकी छिन् । निवर्तमान थारु आफ्नो प्रतिस्पर्धीलाई पछि पार्दै उपमेयरमा निर्वाचित भएकी हुन् ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam