अफगानिस्तानमा भूकम्प : मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
एजेन्सी । अफगानिस्तानमा भूकम्पमा मृत्यु हुनेको संख्या एक हजार नाघेको छ। स्थानीय अधिकारीहरूका अनुसार एक हजार ५०० भन्दा बढी घाइते भएका छन्।
तालिबान नेता हिब्तोल्लाहले मृत्यु हुनेको संख्या बढ्नसक्ने बताए। निरन्तरको भारी वर्षाले उद्धारमा कठिनाइ भइरहेको बीबीसीले जनाएको छ। अफगानिस्तानमा बुधबार बिहान ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।
खोस्ट शहरबाट २७ माइल टाढा गएको भूकम्पको धक्का पाकिस्तान र भारतसम्म पनि महशुस गरिएको थियो। भूकम्पले सयौँ घर भग्नावशेषमा परिणत भएका छन्।
यसैबीच तालिवानले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ।
बीबीसीका अनुसार अफगानिस्तानमा अहिले संयुक्त राष्ट्रले आपतकालीन आश्रय र खाद्यान्न सहायता प्रदान गरिरहेको छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam