समाजमा अश्लीलता फैलाएको भन्दै एक ‘युट्युवर’ पक्राउ
काठमाडौं : अश्लील शीर्षक राखेर भिडियो युट्युवमा राख्ने एक जना युट्युवरलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी साइबर ब्यूरोले नुवाकोट घर भई हाल काठमाडौं बस्ने प्रवेश लामालाई मंगलबार पक्राउ गरेको हो। लामाले अश्लीलता फैलाउने किसिमका भिडियो बनाई ४ रियल अफिसियल युट्युव च्यानलबाट उक्त भिडियो अपलोड गरेर सामाजिक सञ्जालमा प्रसारण गरेको आरोप छ।
उनलाई विद्युतीय कारोबार ऐन, २०६३ कसुरमा पक्राउ गरिएको हो।
उनलाई अनुसन्धानका लागि अदालतबाट ५ दिनको म्याद थप गरिएको ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam