कोरोना सङ्क्रमण दर बढ्दै, सक्रिय सङ्क्रमितको सङ्ख्या ४ सय जना नाघ्यो
काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय जना नाघेको छ ।
पछिल्लो २४ घण्टामा ९० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय एक जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । केही हप्ता लगातार बढिरहेको सङ्क्रमण दरका कारण सक्रिय सङ्क्रमितको सङ्ख्या पनि बढेको हो । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी तीन हजार एक सय १२ जनाको नमुना परीक्षण गरेकोमा झन्डै तीन प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै थप २० जना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएकाे छैन । पछिल्लो २४ घण्टामा एक लाख ११ हजार पाँच सय ३१ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam