अखिल (क्रान्तिकारी)को विवाद केन्द्रमै पुग्यो, समाधान गर्न समिति
काठमाडाैं : सत्ताररूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आगामी संघीय र प्रदेशसभाको निर्वाचनलाई केन्द्रित गरेर आफ्नो साङ्गठानिक अभियान सञ्चालन गर्ने भएकाे छ। आगामी मंसिरमा हुने निर्वाचनलाई केन्द्रित गरेर आफ्नो साङ्गठानिक अभियान सञ्चालन गर्ने तयारी गरेकाे हाे।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी समितिको बैठकले आगामी साउन १६ गतेदेखि भदौ ३ गतेसम्म सबै प्रदेश समन्वय समितिको बैठक र प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने निर्णय गरेको छ।
त्यस्तै, कर्णाली प्रदेशको बैठक तथा प्रशिक्षण कार्यक्रम आगामी साउन २९ गतेका लागि तय गरिएको छ। पार्टी सङ्गठन निर्माणलाई तीव्र पार्ने र आन्तरिक रूपमा सबै खालको तयारी गर्ने निर्णय गरेकाे प्रवक्ता कृष्णबहादुर महराले बताए।
यस्तै, आगामी निर्वाचनसम्मका लागि केन्द्र र प्रदेशबीच समन्वयको काम गर्नेगरी प्रदेश इञ्चार्जको नेतृत्वमा पार्टीका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी सम्मिलित प्रदेश समन्वय समिति गठन गर्ने निर्णय आजको बैठकले गरेको छ।
समस्या समाधान गर्न समिति
त्यस्तै, स्थायी समितिको बैठकले पार्टीको भ्रातृ सङ्गठन अखिल (क्रान्तिकारी) भित्र देखिएको विवाद समाधानका लागि एक समिति गठन गरेको छ। क्रान्तिकारीका पूर्वअध्यक्ष रमेश मल्लको संयोजकत्वमा गठन भएको समितिमा पूर्वअध्यक्षहरुलाई सम्मिलित गराइएको छ।
समितिमा नरेन्द्र न्यौपाने र रत्न ढकाल सम्मिलित सुझाव समिति गठन गरिएको उनले बताए। विवाद उत्कर्षमा पुगेपछि गत शनिबार असन्तुष्ट पक्षले छुट्टै भेला गरेर राष्ट्रिय भेला आयोजक कमिटी घोषणा गरेको थियो। अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले विधानअनुसार काम नगरेको भन्दै उपाध्यक्ष पवन कार्कीको नेतृत्वमा समानान्तर कमिटी घोषणा गरेको थियो।
पदाधिकारीको चयनको विवाद अझै साम्य हुन सकेको छैन। पदाधिकारी चयनको बिषयमा विवाद भइरहेको बेलामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिंहलाई अखिल क्रान्तिकारीको जिम्मेवारी सुम्पिएका थिए।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam