कपिलवस्तुमा ६ बर्षीय बालिका मृत फेला
कपिलवस्तु । कपिलवस्तुमा ६ बर्षीय बालिका मृत फेला परेकी छन् ।
जिल्लाको महाराजगंज नगरपालिका ११ प्रभातनगर बस्ने राम लखन भरकी छोरी ६ वर्षीया अस्मिता भर घर नजिकै बेल नदीको किनारमा आइतबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
घरबाट हराएकी उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।
शवलाई पोष्टमार्टम लागि तौलिहवा लगिएको छ । घटनाबारे थप अनुशन्धान भैरहेको कपिलवस्तु प्रहरीले जनाएको छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam