साढे ४१ लाख रुपैयाँसहित भारतीय हुण्डी कारोबारी पक्राउ
पर्सा : ठूलो परिणामको हुण्डी रकमसहित भारतीय नागरिक पक्राउ परेका छन्। भारतको बिहारस्थित पूर्वी चम्पारण थाना रक्सौल वडा नम्बर ११ बस्ने राकेश कुमार बुधबार पक्राउ परेका हुन्।
भारतीय नम्बरको बीआर ०५ एन ०२३८ को हिरो होण्डा ग्ल्यामर मोटरसाइकलको सिटमुनि र तेल ट्यांकीभित्र लुकाएर ल्याउँदै गरेको अवस्थामा ४१ लख ५५ हजार नगद सहित उनी पक्राउ परेका हुन्।
पर्साका प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले उनलाई पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकबाट पक्राउ गरेको बताए।
स्रोत नखुलेको उक्त परिणामको नगदसहित पक्राउ परेका भारतीय नागरिक राकेशलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ विरुद्धको कसुरमा थप अनुसन्धान अघि बढाएको प्रहरी कार्कीले जानकारी दिए।
गएको आर्थिक वर्ष पर्सामा एक करोड ६५ लाख १३ लाख ६२० रुपैयाँसहित २२ हुण्डी कारोबारी पक्राउ परेको पर्सा प्रहरी कार्यालयले जनाएको छ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam