भारतकी राष्ट्रपति मुर्मूलाई भण्डारी र देउवाको बधाइ
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले मित्रराष्ट्र गणतन्त्र भारतका १५औँ राष्ट्रपति निर्वाचित भएकी द्रौपदी मुर्मूलाई बधाइ दिएकी छिन्।
मुर्मूको कार्यकालमा दुई देशबीचको सहकार्यले नयाँ उचाइ प्राप्त गर्ने पूर्ण विश्वास लिएको राष्ट्रपति भण्डारीको ट्विट सन्देशमा उल्लेख छ।
यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि बधाइ तथा शुभकामना दिएका छन्।
बिहीबार राति नै ट्विट गर्दै नवनिर्वाचित राष्ट्रपति मुर्मूको कार्यकालमा दुई देशबीचको सम्बन्ध सुदृढ हुनेविश्वास व्यक्त गरेका छन्।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam