रामेछापको खिम्ती खोला तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
काठमाण्डाै – रामेछापको खिम्ती खोला, रसनालु जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाले खिम्ती खोला तथा तटीय क्षेत्रमा आज बिहानसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।
त्यस्तै गएराति कास्कीको घलेखर्क वर्षामापन केन्द्र र आसपासमा ठूलो पानी परेको छ । घलेखर्क, पुरनचौर, भुर्जुङ खोला र आसपासको कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भएकाले सतर्कता अपनाउन भनिएको छ ।
आज प्रदेश-१ का एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर आउँदो तीन दिनसम्म ठूला नदीमा पानीको बहाव सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam