भारतसँगको दोस्रो टी–२० क्रिकेटमा वेस्ट इन्डिज ५ विकेटले विजयी
काठमाण्डाै – भारतसँगको दोस्रो टी–२० क्रिकेटमा वेस्ट इन्डिज ५ विकेटले विजयी भएको छ । योसँगै पाँच खेलको टी–२० शृङ्खला १–१ को बराबरी भएको छ ।
पहिलो खेलमा भारत ६८ रनले विजयी भएको थियो । सेन्ट किट्समा टस हारेर पहिला ब्याटिङ गरेको भारत वेस्ट इन्डिजका ओबेद म्याककोयले ६ विकेट लिएपछि १९ ओभर ४ बलमा १ सय ३८ रनमा अलआउट भएको थियो । म्याककोयले ४ ओभरमा १ मेडनसहित १७ रन खर्चेर ६ विकेट लिए ।
जेसन होल्डरले २ विकेट लिए । जितको लागि १ सय ३९ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १९ ओभर २ बलमा ५ विकेट गुमाउँदै भेट्टायो । भारतका अर्शदीप सिंह, रविन्द्र जडेजा, रविचन्द्रन आश्विन, आवेश खान र हार्दिक पान्ड्याले एक/एक विकेट लिए ।
खेलाडीको सामान ढिलो आउँदा गएरातिको खेल तीन घण्टापछि सरेको थियो । दुई देशबीचको तेस्रो खेल आज हुनेछ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam