फेरि १५ दिन लकडाउन थप्ने सरकारको तयारी
काठमाडौं । कोरोना भाइरस (कोभिड १९)संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले फेरि १५ दिन बन्दाबन्दी (लकडाउन) थप्ने तयारी गरेको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकमा पछिल्लो समय नेपाल कोरोना संंक्रमित बढ्दै गएको र छिमेकी मुलुक भारतमा पनि संक्रमण दर बढिरहेकाले जोखिम कायमै रहेकाले लकडाउन थप १५ दिन बढाउनुपर्ने विषयमा छलफल भएको थियो ।
भारतले लकडाउनलाई निरन्तरता दिइरहेका बेला खुला सिमाना भएको नेपालमा ‘लकडाउन्’ हटाउँदा स्थिति जुनसुकै बेला पनि भयावह हुनसक्ने भन्दै जेठ १० गतेसम्म बढाउने सहमति भएको स्रोतले बतायो ।
केही मन्त्रीले कोरोना प्रभावित क्षेत्र वर्गीकरण गरी सोही आधारमा लकडाउन खुकुले गर्नुपर्ने धारणा राखेका थिए । नेपालगन्जमा संक्रमितको संख्या अचानक बढेपछि सरकार थप सतर्क अवस्थामा पुगेको छ ।
नेपालमा आइतबारसम्म ७५ जना संक्रमित भएका छन् । जसमा १६ जना उपचारपछि घर फर्किएका छन् ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


