तिब्बतसँग सीमा जाेडिएकाे टिपताला नाका खुला गर्न पहल गरिदिन प्रशासन कार्यालयलाई अनुराेध
ताप्लेजुङ – ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले तिब्बतसँग सीमा जोडिएको टिपताला नाका खुला गर्न पहल गरिदिन जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ । गाउँपालिकाले आज मङ्गलवार एक पत्रमार्फत् प्रशासन कार्यालयलाई टिपताला नाका खुला गर्न सहजीकरण गरिदिन अनुरोध गरेको हो ।
कोरोना महामारीका कारण लामो समयदेखि यो नाका बन्द छ । नाका बन्द हुँदा स्थानीयवासीले उत्पादन गरेका पशुजन्य सामग्री, जडीबुटी, गलैँचालगायतका सामान निर्यात गर्न पाएका छैनन् । फक्ताङलुङ गाउँपालिकाको वडा नम्बर ७ मा रहेको यो नाकामार्फत स्थानीयवासीले पशुजन्य जडीबुटी, गलैँचालगायतका सामान निर्यात गर्ने र खाद्यान्नलगायतका अन्य दैनिक उपभोग्य वस्तुको आयात गर्दै आएका थिए । अहिले आयात रोकिँदा सदरमुकामबाट तेब्बर महँगाे मूल्यमा खाद्यान्न किन्नु परेकोले आर्थिक सङ्कट बढ्दै गएको पत्रमा भनिएको छ ।
नाका बन्द हुँदा उपचारका गर्नका लागि समेत तीन दिन हिँडेर मात्र सदरमुकाम पुग्न सकिने अवस्था रहेकाले निकै समस्या भएकाले छिटो भन्दा छिटो नाका खोलिदिन सहजीकरण गरिदिन गाउँपालिकाले प्रशासन कार्यालयलाई आग्रह गरेको हो ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam