कपिलवस्तु चन्द्रौटामा हुने तिज महोत्सवको तयारी पुरा
कपिलवस्तु- हिन्दू नारी हरूको महान पर्व हरितालिका तिजको अवसरमा भाद्र २ गते देखि १४ गते सम्म संचालन हुने तिज महोत्सव २०७९ को तयारी पुरा भएको छ ।
छमछमी इन्टरटेमेन्ट प्रालिको आयोजनामा कपिलवस्तु शिवराज नगरपालिका ५ चन्द्रौटा महोत्सव स्थलमा आयोजना हुन लागेको तिज महोत्सवको तयारी पुरा भएको आयोजकले जानकारी गराएको छ ।
शिवराज क्षेत्रका पहिचान पर्यटन प्रवद्र्धन कला र संस्कृति जर्गेना गर्दै तिज पर्वको महत्व दर्साउने मुख्य उदेश्य सहित महोत्सवको आयोजना गरिएको महोत्सव मुलआयोजक समितिका संयोजक चिन्ता परियारले बताए ।
महोत्सवलाई आर्कषक बनाउन पार्किंङ व्यवस्थापन ,शिव लिंग निर्माण र माइती घर निर्माण , सेल्फी जोन निर्माण ,झुला ,वालउध्धान ब्यवस्थापन लगायतका काम सम्पन्न्न भएको हो । महोत्सवमा स्थानीयतथा राष्ट्रिय स्तरका कलाकारको तिज विशेष प्रस्तुति रहने साथै आकर्षक पुरस्कार सहित तिज डान्स आईडल ,खुल्ला तिज गित प्रतियोगिता समेत रहेकाले आवेदन खुल्ला गरेको आयोजकले जनाएको छ ।
लामो समय सम्म कोरोना महामारीले गदा मनोरञ्जनात्मक कार्यक्रमहरू ठप्प रहेकोले तिजको अवसर उक्त कार्यक्रमले नागरीकहरु हर्षित बनेका छन ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam