देशभर डेंगुका १२ हजार २१७ जना बिरामी, ११ ले गुमाए ज्यान
काठमाडौं : नेपालमा डेंगु संक्रमणको संख्या १२ हजारभन्दा माथि पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार हालसम्म गत पुसयता यो वर्ष १२ हजार २१७ जना डेंगु संक्रमित भेटिएका छन्।
संक्रमितमध्ये सबैभन्दा धेरै विगत १५ दिनमा भेटिएका छन्। गएको डेढ महिनामा डेंगुबाट ज्यान गुमाउनेको संख्या ११ पुगेको छ।
मन्त्रालयको विवरणअनुसार हाल सबैभन्दा धेरै संक्रमित बाग्मती प्रदेशमा रहेका छन्। बाग्मती प्रदेशमा हाल ९ हजार ३०४ जना डेंगु संक्रमित भेटिएका छन्।
लुम्बिनी प्रदेशमा १ हजार ४७९ जना, प्रदेश १ मा ४०२ जना, मधेश प्रदेशमा १२३ जना, गण्डकी प्रदेशमा २४५ जना, कर्णालीमा १८४ जना र सुदूरपश्चिम प्रदेशमा ३८० जना डेंगु संक्रमित भेटिएका छन्।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam