माओवादीले बुझायो समानुपातिक उमेद्वारको सूची, बाबुरामको भागमा ५ जना
काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभा र प्रदेशसभा तर्फको समानुपातिक सूची निर्वाचन आयोगमा बुझाएको छ। नेपाल समाजवादी पार्टीसहित ११० जना सांसदको सूची आयोगमा बुझाइएको उपमहासचिव वर्षमान पुनले बताए।
उनका अनुसार ११० मध्ये ५ जना डा. बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टीका छन्। डा. भट्टराई पनि माओवादीकै चिह्नबाट चुनाव लड्ने सहमति भइसकेको छ। त्यसका लागि आवश्यक कानुनी प्रक्रिया पूरा गरिसकेको पुनले बताए।
आयोग परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव पुनले पार्टीले तोकेको मापदण्ड भित्र रहेर समानुपातिक उम्मेदवारको सूची तयार पारिएको बताए।
समानुपातिक तर्फकाे सूची बुझाउन महासचिव देव गुरुङ, लीलामणि पोखरेल, गिरिराजमणि पोखरेल पनि आयोग पुगेका थिए।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam