मनसुन बाहिरिन अझै केही समय लाग्ने
काठमाडौं : यो वर्षको मनसुन बाहिरिन अझै केही समय लाग्ने भएको छ।
मौसमविद् विनु महर्जनले अक्टोबर २ मा बाहिरिनु पर्ने भए पनि यो वर्ष मनसुन केही दिन पछि धकेलिने देखिएको जानकारी दिइन्। मनसुन बाहिरिने मिति पनि अहिलेसम्म यकिन नभएको उनले बताइन्।
मनसुन कायमै रहे पनि आगामी ३ दिनको मौसम सामान्य रहनेछ। बिहीबारसम्म देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् महर्जनले जानकारी दिइन्।
मंगलबार बिहान पनि मधेश, बागमती प्रदेश र प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। यी प्रदेशहरूमा आज दिउँसो पनि हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam