घोषणापत्रमा मानव अधिकारका विषय समावेश गर्न दलहरुलाई आयोगको आग्रह
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले घोषणापत्रमा मानव अधिकारका विषय समावेश गर्न राजनीतिक दलहरूको ध्यानाकर्षण गराएको छ।
आयोगले आज एक विज्ञप्ति निकालेर दलहरूबाट जारी हुने निर्वाचन घोषणापत्रमा मानव अधिकारको सम्मान, संरक्षण र सम्वर्द्धनको लागि यस विषयलाई समावेश गर्न विशेष आग्रह गरेको हो।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि साना तथा ठूला दलहरु चुनावी घोषणा पत्रको तयारीमा जुटेका बेला आयोगले ध्यानाकर्षण गराएको हो।
नागरिकको अधिकार सुनिश्चितताका लागि संविधानले विभिन्न १२ वटा नीतिहरु अवलम्बन गरेकाले मानव अधिकार, मौलिक हक तथा त्यस्ता नीतिहरूको समेत कार्यान्वयनको दायित्व राज्यका साथै सरकार सञ्चालन गर्ने दलहरुको हुने आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
नेपालले मानव अधिकारसम्बन्धी विभिन्न ४१ वटा अन्तराष्ट्रिय महासन्धिहरुलाई स्वीकार गरिसकेको पनि आयोगले स्मरण गराएको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam