कर्णाली नदीमा बाढी, जल सतहले खतराको तह पार गर्यो
काठमाण्डाै – कर्णाली नदीमा बाढी आएको छ । कर्णाली नदीमा जल सतहले खतरा तह पार गरेको र अझै थप पानीको सतह बढ्न सक्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।
अहिले कर्णालीमा पानीको सतह १२ दशमलव २३ मिटरभन्दा माथि छ । १० मिटर पानीको सतह पुग्नुलाई सतर्कता र १० दशमलव ८ मिटरलाई खतरा तह मानिन्छ ।
कर्णाली नदीमा पानीको सतहले यी दुवै तह पार गरेकाले जोखिम उच्च छ । त्यस क्षेत्रमा थप वर्षा हुन सक्ने अनुमान रहेकाले कर्णाली तटीय क्षेत्रमा रहेकाहरुलाई अग्लो ठाउँमा बस्न बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
यस्तै, लगातारको वर्षाका कारण कर्णाली नदीमा आएकाे बाढी राजापुर तटीय क्षेत्रमा पस्न थालेको छ । राजापुरको दौलतपुरका केही घरमा बाढी पसेको स्थानीयले बताएका छन् ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam