काठमाण्डाैमा रेस्टुरेन्ट राति १२ बजेसम्म र क्लब–डिस्काे बिहान ४ बजेसम्म खोल्न पाइने
काठमाण्डाै – सरकारले काठमाण्डौ उपत्यकामा रात्रिकालीन व्यापार, व्यवसाय र मनोरञ्जनको क्षेत्र सञ्चालनमा खुकुलो नियम ल्याएको छ ।
यसअघि १० बजे नै काठमाण्डौमा पसल र मनोरञ्जनका व्यवसाय बन्द गराउने नियम रहेकोमा काठमाण्डौ जिल्ला सुरक्षा समितिले समय बढाएको हो । नयाँ नियमअनुसार रक्सी पसल राति १० बजेसम्म र रेस्टुरेन्टहरू राति १२ बजेसम्म सञ्चालन गर्न पाइने छ ।
यस्तै डान्स, दोहोरी र लाउन्ज एन्ड बार राति २ बजेसम्म सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ । यस्तै क्लब र डिस्को बिहान ४ बजेसम्म चलाउन पाइने सूचनामा उल्लेख छ ।
तस्बिर : एलओडी
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam