कैलाली : जोशीपुर गाउँपालिका–६ कुमारीबागमा गएराति भिनाजुले हँसिया प्रहार गर्दा घाइते भएका पदम भण्डारीको मृत्यु भएको छ।
हँसिया प्रहारबाट घाइते भएका ३३ वर्षीय भण्डारीको टीकापुर अस्पतालमा मृत्यु भएको हो। गम्भीर घाइते उनलाई अस्पताल पुर्याउनेवित्तिकै चिकित्सकले राति नै मृत घोषणा गरेको जानकारी दिए।
हँसिया प्रहारबाट गम्भीर घाइते भई टीकापुर अस्पतालमा भर्ना गरिएका अर्का ४० वर्षीय जयराज भण्डारीलाई थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको छ। उनको अवस्था पनि गम्भीर रहेको जनाइएको छ।
५० वर्षीय गौरीलाल ढुंगानाले नातामा साला पर्ने दुवै जनालाई हँसिया प्रहार गरी फरार रहेको प्रवक्ता जोशीले जानकारी दिए। घटनाको अनुसन्धानका साथै फरार अभियुक्तको खोजीकार्यका लागि प्रहरी खटिएको छ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam