काठमाडौं : दाइजोको निहुँमा घरबाट निकालिएकी नेहा चौधरी र कुमारी आमा निहारिका राजपुतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आज महोत्तरीको रामगोपालपुरमा सडक आन्दोलन गर्दै सवारीसाधन तोडफोड गरेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको महोत्तरीका प्रहरी प्रमुख कृष्ण पैयनीले जानकारी दिए।
नेहाले सासु र ससुरालाई पनि पक्राउ गर्नुपर्ने माग राखेर आज दिउँसो सडक आन्दोलन गरेकी थिइन्। नेहाको आन्दोलनमा कुमारी आमा निहारिका राजपुतसहित विद्यार्थी र केही युवाको सहयोगमा सडकमा टायर बालेर आन्दोलनमा साथ दिएका थिए।
सडकमै प्रदर्शन भएपछि आज दिउँसो रामगोपालपुरको सवारीसमेत ठप्प भएको थियो। गत फागुनमा रामगोपालपुरका पंकज चौधरीसँग विवाह गरेकी नेहाले घरेलु हिंसा र दाइजोसम्बन्धी मुद्दा दर्ता गरेपछि प्रहरीले डाक्टरसमेत रहेका पंकजलाई नियन्त्रणमा लिइसकेको छ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam