पाल्पा : जिल्लाको रिब्दीकोट गाउँपालिका- ४ भैरवस्थानस्थित बाहुन डाँडामा सवारी दुर्घटना हुँदा मंगलबार एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही गाउँपालिकाको वडा नम्बर ६ ठिमुरेका नरबहादुर गाहा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।
तानसेनबाट गुल्मीको रिडीतर्फ जाँदै गरेको लु१ख ९१३४ नम्बरको ट्रकलाई उछिन्ने क्रममा लु ६८ प २०५ नम्बरको मोटरसाइकल ट्रकमा ठोकिएर आज बेलुकी साढे ५ बजे दुर्घटना भएको उनले बताए।
मोटरसाइकलको पछाडि बसेका गाहाको घटनास्थलमै मृत्यु भएको हो। चालकको अवस्था सामान्य छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam