अनुदानका कृषि औजार वितरण
कपिलवस्तु । जिल्लाकाे विजयनगर गाउँपालिकाले अनुदानमा कृषि औजार वितरण गरेको छ । व्यवसायीक कृषि गर्दै आएका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरिएको हाे ।
पालिकाले सिँचाईको लागि मोटर, पम्मसेट, स्प्रे ट्याङ्की, चाप कटर लगायतका औजार वितरण गरिएको छ । कृषकहरुलाई मागको आधारमा कृषि औजार वितरण गरिएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भयो ।
विजयनगर गाउँपालिकामा सिंचाईको धेरै समस्या भएको हुँदा कृषकलाई मोटर र पम्पसेट जस्ता उपकरण अनुदानलाई प्राथमिकता दिइएको अध्यक्ष थापाले बताए ।
दुग्ध र मासुको उत्पादन वृद्धि गर्न पालिकाले पशुपालक कृषकलाई प्रोत्साहन गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले बताउनु भयो ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam