पर्सामा थप दुई जनामा कोरोना संक्रमण
वीरगञ्ज । पर्सामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको अस्पतालका ल्याब प्रमुख डा. निरा पाठकले जानकारी दिनुभयो।
उहाँका अनुसार सखुवाप्रसौनी क्वारेन्टिनमा बसेका १८ वर्षीय युवक र ६० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । ६० वर्षीया महिला भारतको मुम्बई र १८ वर्षीय युवक उत्तरप्रदेशबाट जेठ १३ गते आई दीपनारायण माविको क्वारेन्टिनमा बस्दै आएका थिए ।
क्वारेन्टाइनमा बसेका ५० जनाको परीक्षण गरिएकोमा दुई जनामा संक्रमण पुष्टि भएको सखुवा प्रसौनीका स्वास्थ्य शाखा प्रमुख राजेश रौनियारले बताउनुभयो।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


