एक हजारका १३७ नक्कली नोटसहित महिला पक्राउ
चितवन : नक्कली नोटसहित प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
नक्कली नोटसहित कालिका नगरपालिका वडा नं १ बस्ने ४२ वर्षीया गंगा तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
उनको कोठाबाट एक हजार दरका १३७ थान नक्कली नोट बरामद गरेको कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।
उनलाई मुद्रासम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान सुरु गरेको उनले जानकारी दिए।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam