धनगढीमा नाबालिकामाथि सामूहिक बलात्कार, दुई पक्राउ
धनगढी : धनगढीमा नाबालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।
धनगढी उपमहानगरपालिका–१० जुगेडा बस्ने १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।
पीडितका परिवारका आफन्तले बुधवार जाहेरी दिएपछि घटना बाहिरिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता तथा डिएसपी कुलदीप चन्दका अनुसार १६ र १७ वर्षका दुईजना किशोरलाई बलात्कार आरोपमा पक्राउ गरिएको हो।
१७ फागुनमा सामूहिक बलात्कारमा परेको भनिएकी ती बालिकाका आफन्तले जाहेरी दिएपछि बुधबार मुद्दा दर्ता गरिएको र उनीहरूलाई नियन्त्रणमा लिइएको चन्दले बताए।
घटनाका आरोपितहरू नाबालक भएकाले प्रहरीले उनीहरूको परिचय पनि गोप्य राखेको छ। दुवैजनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam