इरानमा सरकारविरोधी २२ हजार नागरिकलाई आममाफी
एजेन्सी-इरान सरकारले हिजाब तथा सरकारविरोधी प्रदर्शनमा सहभागी २२ हजार आरोपीलाई आममाफी दिने घोषणा गरेको छ।
प्रधानन्यायाधीश घोलामहोसेन मोहसेनी एजेइले प्रदर्शनमा सहभागीलाई आममाफी दिने निर्णय भएको जानकारी दिएका हुन्। सरकारी सञ्चारमाध्यम आईआरएनए न्यूज एजेन्सीका अनुसार गत महिना सर्वोच्च नेता अली खमेनेईले पनि असन्तुष्टिका बीच हजारौँ कैदीलाई आममाफी दिएका हुन्।
प्रधानन्यायाधीश एजेइले अहिलेसम्म ८२ हजार जनाले आममाफी पाइसकेको बताएका छन्, जसमा योपटक २२ हजारलाई माफी दिने घोषणा गरिएको हो। उनीहरु सबै सरकार विरोधी प्रदर्शनमा सहभागी भएका थिए । उनीहरुलाई कहिले हिरासतमुक्त गरिन्छ भन्नेबारे भने एकिन गरिएको छैन ।
गत सेप्टेम्बरमा इरानको नैतिक प्रहरीले हिरासतमा लिएकी एक युवतीको मृत्यु भएपछि इरानमा सरकार विरोधी प्रदर्शन चर्किएको हो । सन् १९७९ मा भएको इरान क्रान्तिपछि इरानमा यति ठूलो सरकारविरोधी प्रदर्शन पहिलो पटक भएको थियो।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam