कपिलबस्तुका छुट्टाछुट्टै स्थान बाट लागुऔषधसहित २ जना पक्राउ
कपिलबस्तु । कपिलबस्तुमा लागुऔषधसहित २ जना पक्राउ परेका छन् । जिल्लाको यशोधरा गाउँपालिका–६ पुर्निहवास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्रामसहित भारत घर भएका ३६ वर्षीय गोरख यादवलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
उनलाई प्रहरी चौकी रंगपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ५५ एएफ ६२४० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको थियो।
यस्तै मायादेवी गाउँपालिका ४ चाकरचौडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १० ग्रामसहित बाणंगगा नगरपालिका-८ बस्ने ३४ वर्षीय ओम बहादुर रानालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय चाकरचौडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको लु ३० प ५४७३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक रानालाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam