श्रीलङ्काले जित्याे विश्वकप छनाेटकाे उपाधि, नेदरल्यान्ड्स १ सय ५ रनमै अलआउट
काठमाण्डाै – श्रीलङ्काले आईसीसी विश्वकप छनाेटकाे उपाधि जितेकाे छ । आइतवार भएकाे फाइनलमा नेदरल्यान्ड्सलाई १ सय २८ रनले हराउँदै श्रीलङ्काले उपाधि जितेकाे हाे ।
श्रीलङ्काले दिएकाे २ सय ३४ रनकाे लक्ष्य पछ्याएकाे नेदरल्यान्ड्स २३ ओभर ३ बलमा १ सय ५ रनमै अलआउट भयाे । नेदरल्यान्ड्सका म्याक्स ओडाउडले सर्वाधिक ३३ रन बनाए । बलिङतर्फ श्रीलङ्काका महेश थिक्सेनाले ४, दिलशन मदुशन्काले ३ र वानिन्दु हसरङ्गाले २ विकेट लिए ।
यसअघि जिम्बावेकाे हरारे स्पाेर्ट्स क्लबमा टस हारेर ब्याटिङ गरेकाे श्रीलङ्का ४७ ओभर ५ बलमा २ सय ३३ रनमा अलआउट भयाे । श्रीलङ्काका सहन अर्चचिगेले ५७, सदीरा समाराविक्रमाले ४३ र चरिथा असलंकाले ३६ रन बनाए । बलिङतर्फ नेदरल्यान्ड्सका लाेगन भान वीक, रायन क्लेन, विक्रमजित सिंह र सकिब जुल्फिकरले २/२ विकेट लिए ।
१० टोली सहभागी यो प्रतियोगिताको शीर्ष दुईमा रहेका श्रीलङ्का र नेदरल्यान्ड्स आउँदो अक्टोबर/नोभेम्बरमा भारतमा हुने विश्वकपमा पुगेका छन् । सुपर लिगबाट आयोजक भारत, अस्ट्रेलिया, इङ्ल्यान्ड, पाकिस्तान, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, बङ्लादेश र अफगानिस्तानले सिधै विश्वकपमा स्थान बनाएका थिए ।
प्रतियोगिताको उद्घाटन खेलमा अक्टोबर ५ तारिखमा इङ्ल्यान्ड र न्युजिल्यान्ड अहमदाबादमा खेल्नेछन् । प्रतियोगिताको आयोजक भारतले आफ्नो पहिलो खेल अक्टोबर ८ तारिखमा अस्ट्रेलियासँग खेल्नेछ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


