पहाडी क्षेत्रमा आज पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डाै – पहाडी क्षेत्रमा आज पनि हल्कादेखि मध्यम वर्षा हुने मौसमविद्ले बताएका छन् ।
मौसमविद् वरुण पौडेलका अनुसार कास्की, बाग्लुङलगायत गण्डकी प्रदेशका केही ठाउँमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ । अन्य पहाडी क्षेत्रमा पनि आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार काठमाण्डौमा पनि बेलुकीपख हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम बदली भएको छ । बिस्तारै मौसम खुल्दै गइ घाम लाग्ने मौसमविद्ले बताएका छन् ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


