कृष्णनगरमा अख्तियारकाे अन्तरक्रिया
कृष्णनगर, ११ असाेज ।
कपिलवस्तुकाे कृष्णनगर नगरपालिकामा अख्तियार दुरूपयाेग अनुसन्धानकाे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन गर्न स्थानीय तह स्तरीय अन्तरक्रिया गरिएकाे हाे ।
घुस लिने र दिने दुबै जना दाेषी हुने अन्तरक्रिया कार्यक्रममा जनाएको छ । सेवा लिन आउने सेवाग्राहीलाई सहज रूपमा सेवा दिनु सबैकाे कर्तव्य भएको बाेध हुनुपर्नेमा जाेड दिएकाे छ । भ्रष्टाचार सम्बन्धी के के गर्दा सांकेतिक भिडियाे समेत प्रदर्शन गरिएको थियोे । भ्रष्टाचार गरेकाे ठहर भएपछि कानूनी कारवाही तथा जेल सजाय पनि हुने बारे प्रकाश पारिएको थियोे ।
कार्यक्रममा बाेल्दै नगर प्रमुख रजत प्रताप शाहले घुस लिनु दिनु कानुनी अपराध भएको बताउँदै नगरभित्र हुने विकासका याेजनाहरू अनुगमन गरि कागज पत्रमा ध्यान पुर्याउनुपर्नेमा जाेड दिएका छन् । उनले ठिक बेठिक हेरेर मात्र भुक्तानी दिन प्रमुख प्रशासकीयलाई निर्देशन समेत दिए । अख्तियार दुरूपयाेग अनुसन्धान कार्यालय बुटवलले कृष्णनगरमा अन्तरक्रिया कार्यक्रम राखेको भन्दै धन्यबाद व्यक्त उनले गरे ।
कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश गाैतमले भुक्तानी दिनु भन्दा पहिला अनुगमन तथा कागजातहरू राम्राेसँग चेक जाँच गरेर मात्र भुक्तानी दिने गरेकाे बताउँदै अन्तरक्रिया एकदमै महत्वपुर्ण रहेकाे बताए । अगामी दिनमा पनि यस्तै कार्यक्रम राख्न समेत उनले अनुराेध गरे ।
अख्तियार दुरूपयाेग अनुसन्धान कार्यालय बुटवलका प्रमुख तथा कार्याक्रमका अध्यक्ष ठाकुर आचार्यले कपिलवस्तु जिल्लाकाे १० वटै स्थानीय तहकाे उजुरी परेकाे छ बताएका छन् । उनले कुनै पालिकाकाे कम छ भने कुनै पालिकाकाे धेरै उजुरी माथि छानबिन भइरहेको बताए । उनले जिल्लामा सबै भन्दा बढी मायादेवी गाऊँपालिकाकाे रहेकाे बताए ।
कार्यक्रममा नगर उप- प्रमुख आरती देवी चाैधरी, नगरका सबै शाखाका प्रमुख, कर्मचारी, जनप्रतिनिधिहरु लगायतकाे सहभागीता रहेको थियोे ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam