ढिलो गरी बाहिरिँदै मनसुन, तीनचार दिन पानी पर्ने सम्भावना
१३ असोज, काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले अबका तीन–चार दिन देशका धेरै स्थानमा बदलीसँगै वर्षाको सम्भावना रहेको जनाएको छ।
नेपालबाट मनसुन बाहिरिने मिति अक्टोबर २ रहे पनि औसत भन्दा ढिला गरी बाहिरिने हुँदा आगामी तीनचार दिन बदली र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो ।
शनिबार कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको देखिन्छ। यो अवधिमा पहाडी भू–भागमा पहिरोको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह केही बढ्नसक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। बाली भित्र्याउने बेला पनि भएकोले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
मौसमविद् गंगा नगरकोटीका अनुसार पूर्वी भूभागमा अहिले बदली र हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्यासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मृतक र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
भदौ १६, २०८३
१६ भदौ, काठमाडौँ । चीनको दक्षिण-पश्चिम सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित केरुङमा गएको विनाशकारी पहिरोमा परी ज्यान गुमाउने तथा बेपत्ता भएकाहरूको…



ghanashyam