पाकिस्तानको दुई स्थानमा आत्मघाती बम विस्फोट, ६० जनाको मृत्यु
१३ असोज, एजेन्सी । पाकिस्तानमा भएको आत्मघाती बम बिस्फोटमा झण्डै ६० जनाको मृत्यु भएको छ।
पाकिस्तानको बलुचिस्तान र खैबर पख्तुनख्वामा भएको बम विस्फोटमा ६० जनाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
बलुचिस्तान प्रान्तको मस्तुङ जिल्लामा रहेको एक मस्जिद नजिकै भएको आत्मघाती बिस्फोट लगत्तै खैबर पख्तुनख्वा प्रान्तको हांगु मस्जिदमा नमाजको क्रममा दोस्रो विस्फोट भएको थियो।
विस्फोटको समयमा मस्जिदमा ३० देखि ४० जना नमाज पढिरहेको समाचारमा जनाइएको छ। विस्फोटका कारण मस्जिदको छाना भत्किएको छ भने कैयौँ व्यक्ति भग्नावशेषमा पुरिएको आशंका गरिएको छ। विस्फोटको जिम्मेवारी अहिले सम्म कुनै समूहले लिएको छैन।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam