न्यूयोर्कमा ७५ वर्षयताकै ठूलो वर्षा
१३ असोज, एजेन्सी । अमेरिकाको न्यूयोर्क शहरमा ७५ वर्षयताकै ठूलो वर्षा भएको छ। भीषण वर्षाका कारण सडक यातायात पूर्णरूपमा प्रभावित भएको छ। ढल प्रणाली बिग्रिँदा सडकको आवागमनसमेत नराम्रोसँग प्रभावित भएको सीएनएनले जनाएको छ।
अधिकारीहरूका अनुसार अमेरिकाको न्यूयोर्क शहरमा ७५ वर्षयताकै ठूलो वर्षा भएको हो। सन् १९४८ पछि न्यूयोर्कमा यति ठूलो वर्षा भएको थिएन। जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा एक महिनामा हुने जति वर्षा पछिल्लो ३ घण्टामा भएको छ।
तीन घण्टामा ८ इञ्च वर्षा भएको त्यहाँको मौसम विभागले जनाएको छ। वर्षाका कारण एक हजार ४०० भन्दा बढी विद्यालय डुबेका छन् भने रेल नेटवर्कसमेत प्रभावित भएको छ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam