प्रधानमन्त्री दाहाल र एमसीसी निर्देशक एलेक्स अलवाइडबीच भेट
१६ असोज, काठमाडौं : नेपाल भ्रमणमा रहेकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का कार्यकारी निर्देशक एलेक्स अलवाइडले प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेट गरेकी छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा एमसीसी परियोजनालगायत नेपाल–अमेरिका सहयोगका विविध क्षेत्रमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
एमसीसीका कार्यकारी निर्देशक अलवाइडले एमसीसी परियोजना तोकिएको समयमा सम्पन्न होस् भन्ने चाहना राखेकी थिइन्।
उनले हिजो प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी थिइन्।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam